बारा। सिमराचोकमा जेन–जी समूह र एमाले कार्यकर्ताबिच भएको झडपपछि सिमरा क्षेत्रको सुरक्षा संवेदनशील बनेको छ। सोही घटनामा राजनीतिक तथा समूहगत असुरक्षा बढेको भन्दै आज बिहीबार बिहानैदेखि वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकमा जेन–जी युवाहरु प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले हिजो सिमराचोकमा भएको आक्रमणमा संलग्न व्यक्तिमाथि तत्काल कारबाहीको माग गरेका छन् शान्तिपूर्ण प्रदर्शनमा एमाले आक्रमण गरेकोले उनीहरुमाथि कारबाही नगरेसम्म प्रदर्शन जारी जेन–जी समूहले बताएका छन्।
जेन–जी र एमाले कार्यकर्ताबिषको झडपपछि किटानी जाहेरी दर्ता भई दुई वडाध्यक्ष पक्राउ परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहे पनि माग सम्बोधन नभए थप शशक्त रुपमा उत्रने चेतावनी प्रदर्शनकारीहरूले दिएका छन्।






