वित्तीय प्रणालीमा तरलता बढेको बढ्यै, ८४ दिनको लागि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । कर्जा लगानी सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेको बढ्यै छ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैँकले दैनिक जसो वित्तीय प्रणालीबाट तरलता तान्दै आएकोमा आज पनि केन्द्रीय बैंकले ८४ दिनको लागि थप ५० अर्ब खिच्ने भएको छ।

नेपाल राष्ट्र बैंकले आज अर्थात् मंसिर ३ गते ८४ दिनको लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको छ। यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने २०८२ माघ २८ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *