शेयर बजारमा ९.७८ अंकको वृद्धि, ३ अर्ब ९४ करोडको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेको छ । नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा बन्द भएको छ ।

आज ३३५ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको शेयर कारोबार भएको छ । आज १६७ कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै साहस ऊर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोडको शेयर कारोबार भएको छ । एनआरएनको १६ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बन्दीपुर केबलकारका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरीका लगानीकर्ता, बुङगल हाइड्रोका लगानीकर्ता र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *