काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.३१ अंकले बढेर २५४४.९१ को विन्दुमा बन्द भएको छ ।
आज ३२९ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १६ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १३ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माबिलुङ इनर्जी र श्वत गंगा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सागर डिष्टिलरी र बुङगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।







