प्रहरी महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न

काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न लगाएका छन्। सचिव रामेश्वर दंगालले उनलाई चिह्न लगाइदिएका हुन्।

अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी २६ कात्तिक राति १२ बजेबाट अवकाशमा गएपछि कार्कीले नेपाल प्रहरीको नेतृत्व सम्हालेका हुन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *