रु रु जलविद्युतको नाफा ११.५८ प्रतिशतले घट्यो

काठमाडाैं। रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी स्थिर भएपनि प्रशासनिक खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

गत असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ३३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा पनि कम्पनीले त्यति नै विद्युत बिक्री आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४४.८२ प्रतिशत घटेको छ भने प्रशासनिक ५३.६५ प्रतिशत बढेको छ। जसका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ९८ पैसा घटेर २३ रुपैयाँ २२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.६७ गुणा रहेको छ।

५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *