काठमाडौं । हिमालयन डिस्टिलरीको नाफा ५४.६१ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९ करोड २ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १९ करोड ८८ लाख रुपैयाँ थियो ।
बिक्री आम्दानी नै घट्दा कम्पनीको नाफामा असर परेको देखिन्छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ आम्दानी गरेको छ ।
बिक्री आम्दानी उच्च दरले घटेपछि समग्र सञ्चालन आम्दानी घट्न गएको छ । पहिले सञ्चालन आम्दानी २६ करोड ४६ लाख रुपैयाँ रहेकोमा अहिले १२ करोड ५७ लाख रुपैयाँ छ ।
खुद नाफामा आएको असरले वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २५.८८ रुपैयाँ रेकोमा अहिले ११.७५ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ११५२ रुपैयाँ छ ।






