एभरेष्ट भेन्चर्सको लाभांश घोषणा

काठमाडौं । एभरेष्ट भेन्चर्सले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय हो ।

यो बोनस सेयर वितरणार्थ कम्पनीले करबापत लाग्ने ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांशका रुपमा छुट्याएको छ ।

लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा बाेलाएको छ । सभा काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *