मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडाैं। मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध एमाले बाहेकका दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । ७४ जना सांसदको हस्ताक्षरसहित दर्ता गरिएको रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

गत आइतबार दलहरूलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जान लागेको भन्दै महोत्तरीको बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन् । यसप्रति कांग्रेस सहितका दलहरू आक्रोशित बनेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *