काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधि भर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्तगर्न सकिने छ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् १५ सय सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २००० सम्मको छुट प्राप्त गर्न सकिने छ ।
छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदानगरिनेछ ।
यो योजना कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ ।







