उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंग नियुक्त भएको छ । उपकर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले गर्ने छ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो । जस मध्ये ०।५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *