काठमाडाैं। आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज आईतबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
Artha Sanjal






