प्रि-ओपन सेसन: २.२७ अंकले बढ्यो नेप्से

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आइतवार २.२७ अंक बढेर २५९८.३९ को विन्दुमा आएको छ।

यस सेसनमा ५८ लाख ९१ हजार १२२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४० कम्पनीको ८ हजार ९३४ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेप्सेमा कारोबार भएकामध्ये १९ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *