सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?

काठमाडाैं। मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *