माबिलुङ्ग इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडाैं । माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एमएबीइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरको कुल ३८ लाख ५८ हजार २४० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा वितरण गरिएको १८ लाख ९० हजार ५३० कित्ता (४९ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता (५१ प्रतिशत) गरी कुल साढे ३८ लाख कित्ता सेयर आज सूचीकृत भएको हो ।

नेप्सेले उक्त कम्पनीको पहिलो कारोबारको लागि १०५ रुपैयाँ ९० पैसादेखि ३१७.७० रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *