काठमाडौं । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ४ हजार ७९५ जनाको राहदानी (पासपोर्ट) कालोसूचीमा राखिएको छ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार तीमध्ये ४ हजार २ सय २६ जना नेपाली र ५ सय २९ जना भारतीय नागरिक छन्।
भदौ २४ मा देशभरका कारागारबाट १४ हजार ५४९ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ९ हजार ४५३ जना पुनः कारागार फर्किएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए।
Artha Sanjal






