काठमाडौं । अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले उत्पादन घटेको र खपत बढेको कारण देखाउँदै सोमबारदेखि नयाँ मूल्य लागू गरेको हो।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको ४५० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो मूल्यको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ वृद्धि गरिएको हो।







