मेयर सरावगीले भ्रष्टाचार गरेर ५० करोड कुमारी बैंकमा फिक्स्ड डिपोजिट गरे : सांसद यादव

जनता समाजवादी पार्टीका नेता  तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदिप कुमार यादवले वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले भ्रष्टाचार गरेर ५० करोड रूपैया कुमारी बैंकमा फिक्स्ड डिपोजिट गरेर राखेको बताएका छन् ।

जसपा वीरगंजले महानगरपालीकाका बिभिन्न वडाहरुमा भएकाे घरदैलो कार्यक्रमलाई संम्बोधन गर्दै  यादवले यस्तो बताएका हुन् । उनले वर्तमान मेयर मधेशी जनताको मतबाट जितेर अहिले मधेश विरोधी ओलीको झोलीमा गएर बसेको बताएका छन् ।

सरवागीले दुई वर्षको अवधिमा महानगरपालिका भित्र सञ्चालित विभिन्न योजनाहरु मार्फत भ्रष्टाचार गरेर कमाएको ५० करोड रुपैयाँ एफडी गरेको बताए । सांसद् यादवका अनुसार मेयर सरावगीले महानगरपालिकाको प्रत्येक फाँटबाट १० प्रतिसतसम्म कमिसनसमेत लिने गरेका छन् ।

“कर्मचारीहरुसँगको मिलोमत्तोमा मेयर सरावगीले महानगरपालिकामा रहेका हरेक फाँटबाट १० प्रतिसतसम्म कमिसन लिन्छन,” वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्तामा गएराति आयोजित रात्रीसभामा बोल्दै सांसद् यादवले भने, “त्यहीबाट आएको पैसाबाट उनले कुमारी बैंकमा ५० करोडको एफडी गरेका छन्, र पाँच वर्षको अवधिमा भ्रष्टचार मार्फत अर्वों रुपैयाँ कमाएका छन् ।”

यादवले भने, व्यापारीहरुले मात्रै चिनेको र वीरगञ्जका वडाबासीले नचिन्ने व्यक्तिलाई जिताएर गल्ती गरे, त्यो गल्तीको लागि म सबैसँग माफि चाहन्छु । तर अब यस्ता गल्तीलाई दोहोरिन दिन छैन ।’

भोटको लागि सरावगीलाइ नियम कानुन छैन !

नियम कानुनको पालना सर्वसधारणका लागि मात्र रहेको एक घटनाले प्रमाणित गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा वीरगंज महानगरपालिका भित्र कांग्रेसमा बार्गेनिङ गरेर नेकपा एमालेमा भर्खरमात्र प्रवेश गरेका वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले नियम कानुनको धज्जि उडाएको प्रमाणित भएको छ ।

बिभिन्न समाजिक संजालमा मेयर सरावगीले भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा घरदैलो कार्यक्रममा निस्केका छन् । तर न त चालकले हेल्मेट प्रयोग गरे, न त मेयर आफैले । मेयरले पावर र पैसाको घमण्डमा यस्तो गरेको जसपा नेता बताउछन् । यतिबेला समाजिक संजाल मेयरका विरुद्ध रंगिएको छ ।

आफ्नो सत्ताको बल प्रयोग गर्दै नियम कानुनको धज्जि उडाउने मेयर सरावगीको चौतर्फी आलोचना भइरहेको छ । तर मेयर सरावगी यस बिषयमा केही भन्न अथवा कुनै प्रतिक्रिया नै दिन चाहादैनन् फोन गरे उल्टै मिडियालाई धक्की दिन्छन् मलाई फोन गर्ने हैन भनेर ।

वीरगंज महानगरपालिका वडा नम्बर १३ का स्थानीयवासीहरू ट्राफिक प्रहरीलाइ प्रश्न गर्छन् नियम कानुन सर्वसधारणलाइ मात्र किन लाग्छ ? मेयरलाई किन लाग्दैन भन्दै दुखेसो पोखेका छन् ।

मेयर सरावगी २०७३ सालमा बैंकिङ कसुर मुद्धामा पक्राउ परेका व्यक्ति हुन् ।

यी समाचारहरु पढ्नुभयो ?

सर्वोत्तम स्टिलले लुकायो आफ्नो अपराध : विष्फोटमा मृत्यु हुनेको नाम लुकाउनमा वीरगञ्जका मेयरको साथ

सर्वोत्तम स्टीलको अवैध कारोबारमा मेयर सरावगीको गुप्त सेटिङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *