काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश करसहितको हो ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकले आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Artha Sanjal






