सानिमा बैंकद्वारा चाडपर्व विशेष योजना: ग्राहकका लागि क्यासब्याक र छुटको आकर्षक अफर

काठमाडौं। तिहार र छठपर्वको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ।

बैंकले साझेदार मर्चेन्टहरूसँगको सहकार्यमा ग्राहकहरूलाई मिठाई खरिदमा क्यासब्याक र छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।

बैंकका अनुसार, ग्राहकहरूले योजना अवधिभर साझेदार मिठाई पसलहरूबाट खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्। साथै, मर्चेन्टका तर्फबाट थप १० प्रतिशतसम्म छुट पनि पाउने व्यवस्था गरिएको छ।

ग्राहकहरूले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो अफरको लाभ लिन सक्नेछन्।

यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म, अर्थात् १० दिनका लागि लागू हुने बैंकले जनाएको छ।

सानिमा बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन निरन्तर प्रोत्साहन गर्दै आएको छ। छुट तथा अफरहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *