नेपालकाे दाेस्राे विकेट पतन, भीम सार्की ७ रनमा आउट

काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको भएपनि नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटमा रुपमा नेपालले भीम सार्कीलाई गुमाएको हो ।

भीमको विकेट भारतका रविन्द्र जडेजाले लिए । भीम १७ बलमा ७ रन बनाएर आउट भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *