काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करीसम्बन्धी अनुसन्धानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गरिँदैछ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुरको खुमलटारबाट उनलाई पक्राउ गरेको थियो । चिनियाँ नागरिकले ‘भेप’मा लुकाएर ल्याएको सुन प्रकरणमा महराको संलग्नता देखिएपछि पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
महरालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिने भएको हो । यसअघि पनि २०८० चैत ५ मा महरा पक्राउ परेका थिए तर हाजिर जमानीमा रिहा भएका थिए ।
त्रिभुवन विमानस्थल भन्सारले जफत गरेको ७३० वटा ‘भेप’ छुटाउन महरा र उनका छोरा राहुलको संलग्नता देखिएका थिए । राहुल यसअघि नै पक्राउ परेका थिए ।
Artha Sanjal






