आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयका अधिकारीसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो । उक्त कार्यतालिकाबमोजिम पहिलो दिन बिहीबार सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल भएको छ ।
वैशाख १३ गतेसम्मका लागि बनाइएको उक्त कार्यतालिकाअनुसार दैनिक तीनवटा बैठक आयोजना गरिने भएको छ ।अर्थ मन्त्रालयले भौतिक रूपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्री नम्बरबाट वैशाख ७ गतेसम्म सुझाव सङ्कलनको व्यवस्था मिलाइएको थियो ।
अर्थबजेट निर्माण प्रक्रियाका लागि औपचारिक रूपमा सुझाव सङ्कलन सुरु गरेको थियो । मन्त्रालयले कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, वित्तीय सङ्घीयता, बैङ्क, वित्तीय संस्था र बीमालगायतका क्षेत्रमा अर्थविद्, निजी क्षेत्र तथा सरोकार समूहसँग छलफल गरी सुझाव सङ्कलन गरिसकेको छ ।