काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायन एयरको जहाज भारत लखनऊ ‘डाइभर्ट’ भएको छ ।
विमानस्थल कार्यालयकाअनुसार उडान नम्बर TLM 220 ले अवतरणका क्रममा ‘मिस एप्रोच’को सामना गर्नु पर्यो । आवश्यक अवतरण प्रक्रिया पूर्ण नहुँदा पाइलटले ‘ओभरसुट’ गर्दै जहाजलाई सुरक्षित रूपमा पुनः आकाशतर्फ उडाउनु परेको हो ।
‘मिस एप्रोच’ सामान्यतया त्यस्ता अवस्थामा गरिन्छ, जब अवतरणका लागि आवश्यक दृश्यता, उचाइ, गति वा विमानस्थलको तयारी अनुकूल नहुने पाइएको हुन्छ । यस्तो अवस्थामा जहाजलाई पुनः उचाइमा लगेर अर्को प्रयास गरिन्छ वा विकल्प स्वरूप नजिकको विमानस्थलमा डाइभर्ट गरिन्छ ।







