टी-२० विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा युएईसँग भिड्दै नेपाल

काठमाडाैं । आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज युएई र नेपाल बिच प्रतिस्पर्धा हुँदैछ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४:१५ बजेदेखि खेल सुरु हुनेछ।

नेपाल र युएई दुवै टोलीले समुहचरणबाट समान २ अङ्क लिएर सुपर सिक्समा पुगेकाले आज जित निकाल्ने टिम विश्वकप छनोटमा बलियो बन्ने भएकाले पनि यो खेल महत्त्वपूर्ण हुनेछ।

समूह ‘बी’ को विजेताका बनेको नेपालले समूहचरणको अन्तिम खेलमा जापानलाई हराएको थियो। त्यसअघि पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो। युएईले भने समूह ‘ए’ मा मलेसिया र कतारलाई हराएर समूह विजेता बनेको थियो। टी-२० अन्तर्राष्ट्रियमा हालसम्म नेपाल र युएईबीच १० खेल भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *