काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत पार्टी र एमालेको धारण सार्वजनिक गर्दै बस्नेतले आतंककारीका मतियारहरुविरुद्ध देशभर उजुरी हाल्ने र चुनावमा त्यस्ता तत्त्वहरूलाई धुलो चटाउने समेत बताए ।
‘त्यो भन्दा अगाडि संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौ’, उनले भने– ‘त्यसमा पार्टी आधिकारिक ढङ्गले जाने वा वकिलमार्फत जाने भनेर हामी अन्तिम छलफल गर्दैछौं ।’







