राजुनाथ पाण्डेले भने-‘सिंहदरबारको आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो’

काठमाडौं। काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन–जी आन्दोलनको क्रममा सिंहदरकारको आगो निभाउन सबभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको दाबी गरेका छन् ।

भदौ २४ गतेको आन्दोलनको क्रममा सिंहदरबार, संसद् भवनलगायतका राष्ट्रिय सम्पदा जलाईँदा महानगरको दमकन नपुगेको भनेर मेयर बालेन्द्र शाहको आलोचना भइरहेको बेलामा नगर प्रहरी प्रमुख पाण्डेले आज यस्तो दाबी गरेका हुन् ।

पाण्डेले फेशबुकमार्फत यस्तो दाबी गरेका हुन् । र, सिंहदरबारको आगो निभाउन काठमाडौं महानगरको दमकल पहिला पुगेको कुरामा पत्यार नलागे नेपाली सेनासँग सोध्नु भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *