दसैँअघिको अन्तिम कारोबार दिन बढ्यो शेयर बजार

काठमाडौं । दशैँ अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। आज नेप्से परिसूचक ११.५१ अंक बढेर २६६३.५१ विन्दुमा बन्द भएको छ।

आज दिनभरिमा ३१४ कम्पनीको ७५ लाख ११ हजार १९३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोड माथिको शेयर कारोबार भएको छ । आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ११ करोड माथिको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले कमाएका छन् । आज यसका यकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । भगवति हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *