नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण सुरु, दसैँमा सवारीका लागि खुला हुने सम्भावना

काठमाडौं । नागढुंगा सुरुङअन्तर्गत बलम्बुमा निर्माण गरिएको फ्लाईओभरको परीक्षण आज सुरु गरिएको छ। आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार परीक्षण ४८ घण्टामा सम्पन्न हुनेछ।

मुख्य सुरुङको परीक्षण पहिले नै सकिएको छ भने अब फ्लाईओभर परीक्षण भइरहेको छ । दसैँमा सुरुङ सञ्चालन गर्ने तयारी भए पनि हाल परीक्षण चरणमै रहेकाले सवारी सञ्चालन मिति टुंगो लाग्न बाँकी छ ।

सुरुङको पश्चिमी पोर्टलमा समस्या देखिएको र समाधानका लागि काम भइरहेको छ । यातायात मन्त्री कुलमान घिसिङले दसैँमा सुरुङ सञ्चालन गर्न निर्देशन दिएका छन् ।

दसैँको समयमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *