यती एयरलाइन्सले ल्यायो ‘अहिले उडान भराैं, पछि पैसा तिराैं’ योजना

काठमाडौं । निजी क्षेत्रको दोश्रो ठूलो वायू सेवा प्रदायक यती एयरलाइन्सले ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा ‘अहिले उडान भराैं, पछि पैसा तिराैं (फ्लाई नाउ, पे ल्याटर)’ योजना सार्वजनिक गरेको छ ।

एयरलाइन्सले वेबसाइटमार्फत सार्वजनिक गरेको जानकारी अनुसार आइएमई बैंकको भिषा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकका लागि यस्तो सुविधा लागू गरिएको छ ।

बैंकका ग्राहकले क्रेडिट कार्डमार्फत भुक्तानी गरेर टिकट खरिद गरेको अवस्थामा ३ देखि ६ महिनाको अवधिसम्म उधारो सुविधा पाउनेछन् ।

यस्तो सुविधाका लागि अनिवार्यरूपमा यती एयरलाइन्सकै वेबसाइट वा एप्समार्फत टिकट खरिद गर्नुपर्नेछ ।

टिकटको मूल्य र टिकटका लागि ग्राहकले खर्चिने रकम र ग्राहकको क्रेडिट कार्डको उधारो सीमाको आधारमा यस्तो सुविधा तय गरिनेछ । सम्बन्धित ग्राहकले ३ देखि ६ महिनाभित्रमा उधारो टिकट खरिदवापतको रकम भुक्तानी गर्दा अतिरिक्त शुल्क (ब्याज)लाग्ने छैन ।

एयरलाइन्सले उधारो उडानका लागि तोकिएका शर्तहरूबारे वेबसाइटबाट जानकारी लिन सकिने सूचनामा उल्लेख गरेपनि वेबसाइटमा शर्तहरूबारेको विवरण पहुँचयोग्य बनाइएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *