लगानीकर्ताहरूले भेटे गभर्नर, सेयर बजार सुधारका लागि बुझाए ६ बुँदे मागसहितको ज्ञापनपत्र

काठमाडौं । सेयर बजारमा आएको अस्वाभाविक गिरावटप्रति चिन्ता व्यक्त गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । गभर्नरसँगको छलफलमा उनीहरूले बजार सुधारका लागि तत्काल आवश्यक कदम चाल्न ६ बुँदे सुझावसमेत दिएका छन् ।

वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्कीको टोलीले गभर्नर पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।

भेटमा लगानीकर्ताहरूले शेयर धितो कर्जाको हालको २५ करोडको सीमा खारेज गर्न माग गरे ।

साथै, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सक्रिय हुन दिने, लघुवित्तको लाभांशमा लगाइएको सीमा हटाउने, बीएफआईहरूलाई शेयर लगानी सीमा परिमार्जन गर्ने, गैरआवासीय नेपाली (एनआरएन) लाई पुँजी बजारमा भित्र्याउने नीति संशोधन गर्ने लगायतका सुझावहरू राखिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *