ढाका (बंगलादेश) । बंगलादेशको ढाकामा सम्पन्न १२औं एसियन पर्यटन मेलामा नेपाल पर्यटन बोर्डले नेपाल पर्यटक स्वागतका लागि तयार रहेको सन्देश दिएको छ । असोज २ देखि ४ गतेसम्म कन्वेन्सन सिटी बासुन्धरामा भएको मेलामा नेपालका पर्यटन व्यवसायिक कम्पनीहरूको यो पहिलो ठूलो सहभागिता भएको बोर्डले जनाएको छ ।
नेपालका लागि बंगलादेशस्थित राजदूत घनश्याम भण्डारीले मेलामा सम्बोधन गर्दै नेपालको पर्यटन उद्योगले चुनौतीपछि पनि छिटो पुनरुत्थान गर्न सक्ने क्षमता रहेको बताए ।
मेलामा नेपाल पर्यटन बोर्डसहित १० वटा नेपाली कम्पनी सहभागी भएका थिए। स्टलमार्फत प्याकेज र सेवाहरू प्रस्तुत गरिएको थियो भने आगन्तुकहरूले हालैको आन्दोलनपछिको नेपालको अवस्थाबारे चासो देखाएका थिए ।







