मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन्।

शुक्रबार काठमाडौँको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाइ तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ मन्त्रिपरिषद्ले छिटै पूर्णता पाउने बताएका हुन्।

मन्त्री घिसिङले मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए।

सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रिपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाइ थियो।

मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माणलगायतको काम सुरु गरिसकेको पनि बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *