काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न आग्रह गरेको छ ।
भदौ २४ को जेनजी आन्दोलनपछि भेटिएका जलेका नोटबारे भिडियोहरू सार्वजनिक भएपछि नगरपालिकाले सूचना जारी गर्दै त्यस्ता नोट देखिएमा नजिकको प्रहरी वा कार्यालयमा खबर गर्न अनुरोध गरेको हो।
प्रदर्शनकारीले आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्याएको समाचार सार्वजनिक भइरहेका बेला बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जलेका नोटमा कारोबार नगर्न आग्रह गरेको छ ।

Artha Sanjal






