प्रधानमन्त्री कार्की र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

त्यसक्रममा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न कार्कीको नेतृत्वलाई भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।

उनले जेनजी आन्दोलनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्।

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *