अरुण भ्याली हाइड्रोपावरले घोषणा गर्यो लाभांश ,नगद र बोनस कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई बोनस वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *