सन नेपाल लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई-सेवा र खल्तीमार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।

कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मिति पछि सात दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

यो अफर असोज १ देखि मंसिर २९, २०८२ सम्म लागू हुनेछ ।

कम्पनीका अनुसार, यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ ।

थप जानकारीका लागि ९८०१२३४४४४ वा ०१-४५३६१२६/२७/२८ मा सम्पर्क गर्न सकिनेछ। साथै, support@sunlife.com.np मा इमेल पठाउन सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *