घट्यो सुनको मूल्य , कतिमा हुँदैछ काराेबार?

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रूपैयाँले घटेको हो।

बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ। बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *