आन्दोलनकारीलाई संयमित रहन डा. रुइतको अपिल

  1. काठमाडौं। वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्।

असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।

सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *