काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२. २५ को विन्दुमा बन्द भएको छ ।
आज ३२० कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ ।आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनिकाे ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनिभर्सल पावरको २३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । एनसीसी डिबेञ्चर २०८६ का इकाईधनीले ४.३५ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.२८ प्रतिशतका दरले गुमाएका हुन् ।







