काठमाडाैं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुशीको ४० वर्ष” नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ । दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो ।
नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन् ।
मुख्य आकर्षण
फ्रन्ट लोड वाशिङ मेसिन (११के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
फ्रन्ट लोड वाशिङ मेसिन (१३के.जि.+) – इन्डक्सन चुलो उपहार
टपलोड / ट्विनटब वाशिङ मेसिन – ३लि. एरियल लिक्विड उपहार
डिशवाशर – २ प्याक डिश वाशिङ ट्याब्लेट उपहार
साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
डबल डोरफ्रिज (३०८लि. सम्म) – प्रेशर कुकर उपहार
डबल डोरफ्रिज (३४०लि.+) – मिक्सर ग्राइन्डर उपहार
माइक्रो वेभ ओभन – कुकिङ किट उपहार
एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन
अतिरिक्त सुविधा
0 प्रतिशत EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
३२” वा सो भन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन
यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ ।







