काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुन, चाँदी, रत्न तथा गहनामा लाग्ने विलासिता शुल्क अब उपभोक्ताबाट मात्र लिने निर्णय गरेको छ । महासंघले सोमबार सूचना जारी गर्दै व्यवसायी, बैंक वा होलसेलरबीचको कारोबारमा शुल्क नलाग्ने र उपभोक्ताबाट खरिद हुँदा मात्र शुल्क लाग्ने नयाँ व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।
उपभोक्ताले खरिद गरेको सुन फिर्ता गर्दा शुल्क लाग्ने छैन । मर्मतका लागि ल्याइएका गहनामा पनि शुल्क नलाग्ने तर नयाँ सुन थपिएमा त्यसमा मात्र शुल्क लाग्नेछ ।
महासंघका महासचिव निरबहादुर विश्वकर्माका अनुसार विदेशबाट ल्याइएको सुन प्रमाणसहित मात्रै खरिद गर्न पाइनेछ भने विलासिता शुल्क मासिक रुपमा बुझाउनुपर्नेछ ।

Artha Sanjal






