काठमाडौं । मोबाइल कम्पनी सामसङले यस दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” ल्याएको छ।
यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ।
सहभागी हुन, ग्राहकले आफ्नो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सिरिएल नम्बर टाइप गरी सामसुङ स्पेश सिरियल नं. लेखेर ३५००१ मा एसएमएस पठाउनु पर्नेछ।
प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु। १ लाख पाउनेछन् भने अन्य १० जना विजेताले रु। १०,००० को शपिङ भौचर प्राप्त गर्नेछन्।
यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउनेछन्। यी शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ।
एमएक्स सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितका अनुसार, “दिन दिनै दशैं” मार्फत सामसङले हरेक चाडपर्वमा आफ्ना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाई निरन्तरता दिएको छ। यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पुर्याउने बताए ।
ग्राहकले *#06# डायल गरेर सजिलै सिरिएल नम्बर पत्ता लगाउन सक्छन्। एसएमएस पठाएपछि तुरुन्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ। विजेताको सिरिएल नंबर घोषणा www.facebook.com/smartplazanepal and www.facebook.com/IMS.NP मा गरिनेछ।






