अफगानिस्तानमा भूकम्प: २५० भन्दा बढीको मृत्यु, ५०० बढी घाइते

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने बताएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार, स्थानीय समयानुसार राति ११:४७ बजे (१९:१७ जीएमटी) ८ किलोमिटर गहिराइमा ६.० रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि ४.५ देखि ५.२ म्याग्निच्यूडका कम्तीमा तीन पटक पराकम्प गएको बताइएको छ।

घाइतेहरू नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचाररत छन् । न्यूयोर्क टाइम्सका अनुसार, २५० जनाको मृत्युमध्ये धेरैजसो कुनार प्रान्तमा भएका हुन् भने नंगरहारमा नौ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *