बुङ्गल हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सर्वसाधारणका लागि बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा आज सोमबारदेखि आवेदन खुलेको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट भइसकेको छ । आम सर्वसाधारणका लागि कम्पनीको कुल १७ लाख १ हजार ५ सय कित्ता आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

अंकित मूल्य १ सयका दरले भदौ १९ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

अनलाइन प्रणाली मेरोसेयर वा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आईपीओमा आवेदन दिन सकिने छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *