नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो।
यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ। बुधबार तोलाको २ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।







