शेयर बजारमा भारी अंकको वृद्धि, ७ अर्ब ६८ करोड माथिको कारोबार

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० को विन्दुमा बन्द भएको छ ।

आज ३२१ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड माथिको शेयर कारोबार भएको छ । आज २३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनकिो ५० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ४६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले ५.७९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *