भाटभटेनी सुपरमार्केटलाई २ लाख जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ ।
विभागको टोलीले अनुगमनका क्रममा किरा परेको फलफूल बेच्न राखेको भेटाएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीमा रहेको स्टोरलाई कारबाही गरेको हो ।
उपभोक्ता संरक्षण ऐन २०७४ को दफा ३८ (ङ) बमोजिम र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम भाटभटेनीले कैफियत गरेको प्रमाणित भएपछि कारबाही गरिएको विभागका निर्देशक भरतप्रसाद आचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *