विरगञ्जमा सञ्चालित टाटा ईभी अटो शोकाे आज अन्तिम दिन

काठमाडाैं । सिप्रदी ट्रेडिङ प्रालि र प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि विरगञ्जमा सञ्चालनमा आएको टाटा ईभी अटो शो आज आइतबार सम्पन्न हुँदैछ ।
अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ ।

अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन् ।

यस अटो शोमा प्रदर्शित ईभी मोडलहरूमा कर्भ डट ईभी, नेक्सन के ३ डट ईभी, पञ्च डट ईभी र टियागो डट ईभी रहेका छन् । यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *