काठमाडाैं । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले “लक्सपिरियन्स २०२५” प्रदर्शनी आयोजना गर्ने भएको छ ।
लक्ष्मी ग्रुपले यही २०८२ भाद्र ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी आयोजना गर्ने भएको हाे ।
यस प्रदर्शनीलाई हुण्डाई, बिएमडब्लु, कायी र फोर्थिङ जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक बिएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ ।
आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ । यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।
कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् । साथै, नेल आर्ट, मेहेन्दी, निस्शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन् ।






